Sat. Mar 15th, 2025

श्रृंखलावद्ध बम आक्रमणमा ५१ जनाको मृत्यु

२७ पुस, धादिङ –
अफगानिस्तानको राजधानी काबुलसहितका विभिन्न स्थानमा गराइएको श्रृंखलावद्ध बम आक्रमणमा ५१ जना मारिएका छन् । काबुलस्थित संसद भवननजिक दुईवटा बम विस्फोट गराइँदा ३० जनाभन्दा धेरै मारिएका छन् ।

घटनामा कम्तिमा ८० जना घाइते भएका छन् । यस्तै कान्दाहारको गभर्नर्स गेष्टहाउसमा गराइएको विस्फोटमा ११ जना मारिएका छन् भने १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् ।

घाइते हुनेमा अफगानिस्तानका लागि युएईका राजदूत पनि छन् । त्यसअघि हेल्मन्ड प्रान्तमा एक तालिबानी आक्रमणकारीले आत्मघाती बम विस्फोट गराउँदा कम्तिमा सात जना मारिएका थिए । संसद भवन नजिक गराइएको दुई बम विस्फोटको जिम्मा तालिवानले लिएको छ ।

२०७३  पुस २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: