२७ पुस, धादिङ –
पोखराको लेकसाईडथित बाराहीचोकमा रहेको ट्राइ स्टार रेष्टुरेण्टमा गएराति भीषण आगलागी हुँदा रेष्टुरेण्ट जलेर नष्ट भएको छ ।
प्रत्यक्षदर्शीेहरुका अनुसार आगलागि राति करिब साढे १० बजेतिर एक्कासी आगोको मुस्लो रेष्टुरेण्टको माथिल्लो भागमा निस्केको थियो । रेष्टुरेण्टको तल्लोतलामा रहेको एक ट्राभल्स एजेन्सी, एटिएम काउन्टर, मनिचेन्जर समेत जलेर नष्ट भएको छ । त्यस्तै रेष्टुरेण्ट अगाडी पार्किंग गरी राखिएका दुईवटा मोटर साइकल जलेका छन् ।
स्थानीय धर्मेन्द्र बाटाजूले नेपालीपन दिने उद्देश्यसहित काठहरुको मात्र प्रयोग गरी रेष्टुरेण्टलाई आकर्षक बनाएका थिए । करिब एक वर्षअघि सञ्चालन आएका रेष्टुरेन्टमा रुफ टप समेत राखिएको थियो ।
आगो लागेको थाहा पाएपछि सुरक्षाकर्मी, स्थानीयबासी, सर्वसाधारण आगलागि भएको ठाउँमा पुगेका थिए । आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान सुरु गरिएको कास्की प्रहरीले जनाएको छ । डेढघण्टा समय अवधिसम्म भएको आगोलागीबाट करिब २ करोड बढिको क्षति भएको प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, गण, नेपाली सेना, सशस्त्र प्रहरी, पोखरा उपमहानगरपालिकाको दमकल, स्थानीय पानी ट्यांकर तथा स्थनीय व्यवसायीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । आगलागिमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
२०७३ पुस २७ गते प्रकाशित