
२५ पुस, धादिङ –
भारत प्रशासित काश्मिरको अखनुरमा सेनामाथि बन्दुकधारीको आक्रमणबाट तीन जना सैनिकको मृत्यु भएको छ ।
अखनुरको बटालामा रहेको भारतीय सेनाको जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि आक्रमण भएको हो । आक्रमणकारी फररा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो आतंककारी आक्रमण रहेको भारतीय अधिकारीको भनाई छ । तर सेनाले यस विषयमा औपचारिक रुपमा केहप् भनेको छैन ।
सेनाले अहिले त्यस क्षेत्रमा घेराबन्दी गरेको छ । आक्रमणकारीलाई पक्रिन सेनाले अभियान चलाएको छ ।
२०७३ पुस २५ गते प्रकाशित