
लियोनल मेस्सीले अन्तिम समय गरेको गोलबाट बार्सिलोना हारबाट जोगिएको छ ।
ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । ४९ औं मिनेटमा निकोला सानसोनेले गोल गर्दै भिल्लारियललाई सुरुवाति अग्रता दिलाए । हारको नजिक पुगेको बार्सिलोनाका लागि मेस्सीले ९० औं मिनेटमा बराबरी गोल फर्काए ।
मेस्सीले ला लिगामा यो सिजन १३ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । इन्जुरी समयमा कोस्टा जोर्डा दोहोरो पेहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भिल्लारियल केही समय १० खेलाडीमा सीमित भएको थियो ।
२०७३ पुस २५ गते प्रकाशित