Sat. Mar 15th, 2025

कैदीबन्दीबिच झडप हुँदा ५६ जनाको मृत्यु

kaidi

१९ पुस, धादिङ-
ब्राजिलको एक जेलमा कैदीबन्दीबिच झडप हुँदा ५६ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीलाई समेत बन्धक बनाएर भएको झडपमा कयौ घाइते भएका छन् ।

ब्राजिलको उत्तरी राज्य अमेजोन्सको मानाउसमा रहेको जेलमा कैदीका समूह र प्रहरीबिच झडप भएको हो । जेलमा १७ घण्टासम्म झडप भएको थियो । झडप भएपछि केही कैदी त्यही मौका छोपेर भागेका छन् ।

चार सय ५४ जनाको क्षमता रहेको जेलमा १२ सय २४ जना कैदी छन् । ब्राजिल विश्वमा धेरै कैदीबन्दी रहेको देशको सूचिमा चौथो स्थानमा छ ।

२०७३ पुस १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: