Thu. Mar 6th, 2025

वेष्ट ह्याम विरुद्ध म्यानचेस्टर युनाइटेडको २ गोल

3bc90df400000578-4082250-image-m-24_1483380572391१९ पुस –

इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानको टोटनह्यामसँग अंक बराबरी गरेको छ । म्यानचेस्टर युनाइटेडले घरेलु टोली वेष्ट ह्यामलाई २–० ले हराएको हो । १५ औं मिनेटमा सोफियान फिगुली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेष्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो ।
रेफ्री माइक डिनले युनाइटेडका फिल जोन्सलाई गरेको ट्याकलका लागि फिगुलीलाई सिधै रातो कार्ड दिएका हुन । रेफ्रीको निर्णय विवास्दापद बनेको थियो । रिप्लेमा दुई खेलाडीले गम्भीर ट्याकल नभइ बल नियन्त्रणमा लिनका लागि प्रयास गरेको देखिएको थियो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको युनाइटेडको जितमा दोस्रो हाफमा आन माटा र जाल्टन इब्राहिमोविचले गोल गरे । ६३ औं मिनेटमा माटाले युनाइटेडका लागि गोल गर्दै अग्रता दिलाए ।
जितपछि छैटौं स्थानको युनाइटेडको ३९ अंक भएको छ । एक खेल कम खेलेको पाँचौं स्थानको टोटनह्यामको पनि ३९ अंक नै छ । राति भएका अरु खेलमा एभर्टनले साउथह्यामप्टनलाई ३–० तथा वेष्ट ब्रोमले हल सिटीलाई ३–१ ले हरायो । लिसेस्टर र मिडल्सबर्गले गोलरहित बराबरी खेले ।
२०७३ पुस १९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: