सरकारले भूकम्पपीडितलाई अनुदानस्वरुप राहत रकम बढाएर ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
यसअघि २ लाख दिने निर्णय भएकामा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले १ लाख थप गरेर ३ लाख राहत दिने निर्णय गरेको हो ।
सरकारले पहिलो चरणको अनुदान रकमअन्तर्गत ५० हजार रुपैयाँको वितरण कार्य अन्तिम चरणमा पुर्याएको छ ।
भूकम्पपीडितले भने राहत तथा अनुदानमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । राजधानी दैनिकबाट
२०७३ पुस १५ गते प्रकाशित