Mon. Nov 25th, 2024

फेब्रुअरी एकदेखि आयोडिन महिना सुरु

nepal_newsaayo-noon

धादिङ
अग्रेजी महिनााको फेब्रुअरी १ गतेबाट आयोडिन महिना सुरु भएको छ । फेब्रुअरी महिना भरी नै विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गर्दछ ।

आयोडिनाको कमीले मानिसलाई शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउने विभिन्न रोगहरुको लक्ष्यण देखा पर्ने हुनाले यसको न्युनिकरणका लागि नेपालमा आयोडिन महिना मनाउने गरेको हो । नेपालमा सरकारले १२ वर्षदेखि हरेक फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाउन थालिएको हो ।

कतिपय मुलुकमा आयोडिनलाई चिया, कफिमा मिसाएर पनि प्रयोग गर्ने गरिएको छ । नेपालमा भने सबैले अनिवार्य रुपमा प्रयोग गरुन भन्ने उद्देश्यले आयोडिनलाई नुनमा मिश्रण गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरीक्षक विष्णु रिजालका अनुसार आयोडिनको कमीले मानिस तथा पशुमा विभिन्न किसिमका समस्याहरु देखा पर्ने बताउँछन् । आयोडिनको मात्रा ज्यादै नपुग भएका मानिसको क्षमतामा कमी हुने तथा लुला लंगाडा आउने समेत हुन्छ ।

आयोडिनको कमिले बालबालिकामा शारीरिक तथा मानसिक विकास सुस्त गतीमा हुने गर्दछ । विशेष गरी केटाकेटीमा घांटीको क्यान्सर हुने सम्भावना बढी हुन्छ । पहिले ढिके नुनको प्रयोग भएतापनि अहिले प्याकेटको धुलो नुनको प्रयोग बढी मात्रामा भएका पाइन्छ ।

सरकारले १९९८ देखि युनिभर्सल साल्ट आयोडाइजेसनको नीतिअनुसार मानिस र पशुले खाने नुनमा आयोडिन मिसाउन थालेको होे । साल्ट ट्रेडिङ कर्पोरेसनले धूलो नुनमा आयोडिन मिर्साई ‘दुई बालबालिका’को चित्र भएको प्लास्टिकको प्याकेटमा विक्रि गर्छ ।

About The Author

अन्य समाचारहरु: