Fri. Jan 31st, 2025

बालविवाहको नौलो संस्कृति

tola-pathak

तोला कुमारी पाठक –

जिल्लाको सबै गाविसहरुमा पुग्ने र विभिन्न समुदाय र सवालहरुको बारेमा अध्ययन लगायत काम गर्ने अवसर विगत ११ वर्ष देखि पाएको छु । यसलाई अध्ययन क्षेत्र र अवसरको रुपमा लिएको छु । गत हप्ता जिल्लाको उत्तरी क्षेत्र झार्लाग गाउ विकास समितिमा रहेको तीन वटा विद्यालयहरु र नजिकका समुदाय भ्रमण गर्ने मौका पाए । यस गाविसमा रहेकोतामाङर दलित समुदायको वालवालिकाहरुको बारेमा वुझने र उनीहरुसँग नजिक बसेर गफ गर्ने अवसर मिल्यो । वालविवाहको बारेमा वुझन  र नया कुरा जान्नको लागि जिज्ञासा बोकेर म त्यहा पुगेको थिए ।

हिडदै जाने क्रममा विद्यालय ड्रेसमा भएकी छात्राविद्यालय जादै गरेकी कक्षा ५ मा अध्ययनरत वहिनीसँग परिचयभयो । उनले आफू विवाहीत भनेकी सुन्दा मलाई अचम्म लागेर आयो । उनी हाल १६ वर्षकी भईन भने २, ३ वर्ष अगाडी नै मलाई हातमा तानेर १०, १५ जना आएर हातमा तानेर लगे म रोए कराए तर कसैले सुनेन ।

त्यो दिन म रोईरहेको याद आएको छ अरु चै मलाई थाहै छैन । दिदी हाम्रो समुदायमा (दलित वालिकाहरुको ) सबै केटीहरुको विवाह हात तानेर लाने चलन छ मेरो त के कुरा गर्नु हुन्छ यि यसको त हेर्नु त छेउमै उभिएकी कक्षा आठमा अध्ययनरत साथीलाई देखाउदै उनले भनिन यसलाई त अस्ति मात्रै मंसिरको १७ गते तानेर लगे अनि विवाह भयो ।

१७ वर्षिय ती वहिनी कक्षा आठमा पढ्दै गर्दा आफू भन्दा २ वर्ष कान्छो केटा री गाविसमा उनकैफूपूले मिलमा पिठो बोक्नवोलाएर पिठो वोक्न जादा १०, १५ जना आएर तयार भएका उनलाई हातमा तानेर विवाह गरेर लगे रे उनी अहिले माईतीमै बसी पढीरहेकी छिन घरमा पढन छाडेर घर आउनु भनेका छन् । अव उनी कि घर की पढाई एउटा छाडनु पर्ने वताउछिन् ।

उनी आफनो  जिद्दि गरी माईती वसेर पढीरहेको बताउछिन विवाहको परिपञ्च  परिवारले मिलाए पनि उनलाई केही थाहा नभएको र घट्टमा पिठो लिन जाने क्रममा हात तान्ने वेला मात्र उनलाई थाहा भएको वताउछिन् । यस टोलमा रहेको दलित वस्तिमा छोरीहरुलाई तानेर लैजाने चलन छ मेरा पनि पाँच छोरी छन यि सबैलाई यसै गरी विवाह गर्ने हो कक्षा आठमा अध्ययनरत छात्रा को काकीले वताईन ।  यस विद्यालयमा अध्ययनरत उनी मात्रै होईन अरु पनि विद्यार्थीहरु विवाहीत छन् । यस झार्लाग माध्यामिक विद्यालयमा ६ जना विद्यार्थीहरु विवाहित र हाल अध्ययनरत रहेको छन् । छात्राहरु विद्यालय आउदै गर्दा गर्भवति भए पछि विद्यालय छाडने समेत गर्दछन् ।

झार्लाग वडा नं १ मा रहेको सिग्ला देवी माविमा पनि ६ जना विद्यार्थीहरु विवाहित र अरु पनि तुरुन्तै विवाह गर्ने तयारीमाा रहेका छन् । यस विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राले केही दिन अघि मात्र बच्चा जन्माई सकेकी छिन् ।

यसै गरी झार्लाग वडा नं ४ मा रहेको वेन्दी देबी निमाविमा रहेका कक्षा ७ मा अध्ययनरत दुई छात्राहरु विवाहित रहेका र एक जना वच्चा जन्माउने भए पछि  केही दिन अगाडी मात्र विद्यालय छाडेको अवस्था छ ।  यी माथि उल्लेख गरेका प्रतिनिधि पात्रहरु  विद्यालय अध्ययन गर्दै गर्दा बालविवाह गर्ने प्रतिनिधि पात्र मात्र हुन भने विद्यालय नजाने केटीहरु त सानैमा  विवाह गर्ने गरेका धेरै उदाहरण छन् । यस समुदायहरुमा एक पटक केटीको विवाह गरे पछि यदि केटीले छोडन चाहेमा आफै पैसा तिर्न पर्ने हुनाले गाँउ घरमा बस्ने केटीहरु श्रीमान छोडन समेत सक्तैनन  । जस्तो सुकै दुख तथा हिंसा भए तापनी सहेर वस्ने गरेको कुरा विवाहीता एक छात्राले वताईन ।

उनको अनुसार श्रीमान छाडने महिलाले नै २, ३ लाख वा विवाह भोज गर्दा केटा पक्षको भएको खर्च केटाले माग्छन त्यसैले महिलालाई श्रीमान छाडन गाह्रो छ दिदी हामी जे जसो भए पनि त्यै घरमा वस्नु पर्छ । नेपालको कानूनले बालविवाह लाई अपराध मानेको छ । विवाह गर्नका लाििग महिला वा पुरुषको उमेर २० वर्ष पुरा हुनु पर्ने छ । अन्यथा वालविवाह गरेको मानिन्छ । नेपाालमा करिब ३४ प्रतिशत विवाह १५ बर्ष नपुगेका बालबालिकाको हुन्छ भन्ने तथ्यांक नेपालका बालबालिका स्थिति प्रतिवेदन २०६४ मा समेत उल्लेख छ ।बालविवाह गरे पश्चाच कलिलो उमेर मा गर्भधारण गर्ने समेत अर्को समस्या आईरहेको छ । जसले गर्दा कम उमेरमा नै स्वास्थ्य तथा मानसिक रुपमा नै महिलाहरुलाई समस्या आउने जस्ता कार्य भई रहेका छन् ।

वालविवाहको कानूनी प्रावधान

–     दश वर्ष मुनिका बालिकाको विवाह गरे गराएको रहेछ भने छ महिना देखि तीन वर्ष सम्म कैद  र एक हजार रुपैया देखि दश हजार रुपैया सम्म जरीवाना हुन्छ
–    दश वर्ष माथि चौध वर्ष मुनिका बालिकाको विवाह गरे गराएको रहेछ भने तीन महिना देखि  एक वर्ष सम्म कैद र पाँच हजार रुपैया सम्म जरीवाना हुन्छ
–    चौध वर्ष  माथि अठार वर्ष मुनिका महिलालाई विवाह गरे गराएको रहेछ भने छ सम्म कैद  र पाँच हजार रुपैया सम्म जरीवाना हुन्छ
–     २० वर्ष नपुगेकी महिलाको विवाह गरे गराएमा छ महिना सम्म कैद वा दश हजार रुपैया सम्म जरीवाना वा दुवै हुन्छ ।
–     बालविवाह  गर्नका लागि सघाउनेहरु लमि, जन्ती पुरोहित समेतलाई सजाए हुन्छ । वालवालिका हुदैमा विवाह गरे तर वच्चा नजन्माएको रहेछ भने त्यस्तो  विवाहलाई विवाहहिताले १८ वर्ष पुगेपछि विवाह स्वीकार नगरे विवाह वदर हुन्छ ।
–     बालविवाह भएको थाहा पाउने जो कोहीले तुरुन्त नजिकको प्रहरी कार्यालयमा उजूरी दिन सक्ने ३ महिना भित्र नालिस नदिए लाग्न सक्दैन ।

कानूनले नै बालविवाह लाई बार्जित गरे तापनी धादिङ जिल्लाको उत्तरी गाविसहरुमा र दक्षिणी क्षेत्रका चेपाग बस्तीहरुमा बालविवाह अत्याधिक मात्रामा छ ।  चाडो विवाह गर्ने प्रचलनलाई रोक्नका लागि सरकारी, गैह्र सरकारी संस्था तथा आम नागरीक समाजका हरेक व्यक्तिहरुले पहल गर्न जरुर छ ।  घरेलु हिंसा को मुख्य जडलाई हेर्ने हो भने   बालविवाह एक हो । आजभोलि हुने गरेका पारिवारीक विखण्डनलाई न्यूनिकरण गर्न का लागि बालविवाह रोकौ अभियान लाई मुख्य सवालको रुप अगाडी लानु पर्ने आवश्यकता देखिएको छ ।
(लेखक तोलाकुमारी पाठक अधिवक्ता हुन्  )

२०७३ पुस १५ गते प्रकाशित

About The Author