Fri. Jan 31st, 2025

धादिङ महोत्सवमा भोलि धुर्मुस–सुन्तलीको प्रस्तुती रहने

dhurmus-suntali
१४ पुस,  धादिङ –

हास्य टेलिशृंखला मेरी बास्सैका चर्चित हाँस्य दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘’ भोलि शुक्रबार धादिङबेसीमा जारी पाँचौ धादिङ महोत्सवमा आउने भएका छन् ।

टेलिभिजनको पर्दामा एकदमै चर्चित कलाकार पछिल्लो समय भूकम्पबाट प्रभावित क्षेत्रमा नमुना बस्ती बनाउनमा व्यस्त छन् ।

महोत्स्वमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण, हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनीका सामानहरु राखिएको छ । महोत्सव ११ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

धादिङ उद्योग वाणिज्य संघको आयोजना गरेको महोत्सव पुस १७ गतेसम्म चल्नेछ ।

२०७३ पुस १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: