Sat. Mar 15th, 2025

भारतको कानपुरमा रेल दुर्घटना, १५ वटा डिब्बा लिकबाट उट्टियो

rail

१३ पुस,  धादिङ –

भारत उत्तर प्रदेश कानपुरको रुरा स्टेशन नजिक अजमेर–सियालदह एक्सप्रेस रेल दुर्घटना भएको हो ।

रेलको १५ वटा डिब्बा लिकबाट उछुट्टिएको हो । कानपुरबाट ५० किलोमिटर पर मंगलबार बिहान ५ बजेर ३५ मिनेटमा रेल दुर्घटना भएको रेल मन्त्रालयलले जनाएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा उद्धारको काम भइरहेको छ । घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ ।

यसअघि गएको नोभेम्बर २० मा कानुपरबाट ६० किलोमिटर पर भएको रेल दुर्घटनामा एक सय ४२ जनाको ज्यान गएको थियो । पटना–इन्दौर चल्ने रेकाले १४ वटा डिब्बा लिबबाट उछुट्टिएर भएको दुर्घटनामा एक सय ८० भन्दा धेरै घाइते भएका थिए ।

२०७३ पुस १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: