Fri. Jan 31st, 2025

भूकम्प पीडित वालवालिकालाई आश्रय दिँदै ‘इकु’

ekuuuuu

१२ पुस,  धादिङ –

टेलिश्रृङ्खला मेरी बास्सैमा इकु बनेर चर्चामा आएका आएका कलाकार शुलेमान शंकर इकु अहिले भूकम्प पीडित वालवालिकाको अभिभावक बनेका छन् ।

भूकम्पमा बाबु आमा गुमाएका ८ वालवालिकालाई आश्रय दिएका इकुले जोरपाटी मुलपानीमा स्नेहा आश्रम सञ्चालन गरेका छन् । आफ्नै कमाई र साथीभाईको सहयोगवाट आश्रम सञ्चालन भएको बताए । ‘खास डोनर छैन । आफैले कार्यक्रमवाट कमाएको पैसा र साथीहरुले दिएको खाद्यान्नवाट ८ छोराछोरी पालेको छु’  इकुले भने ।

आठ महिना भयो उनले आश्रम सञ्चालन गरेको । भूकम्पपछि राहत वाँड्न विभिन्न गाउँ जाँदा उनले केहि वालवालिका भेटे, जसले बाबु आमा गुमाएका थिए । इकु भन्छन् ‘बाबुा नहुँदाको पीडा कस्तो हुन्छ मैले पनि भोगेको छु वालवालिका रोएको हेर्न सकिन लिएर आएँ ।’

उनको आश्रममा भएका ७ जना वालवालिका निजी बोडिङ स्कुलमा पढ्छन् । स्कुलले फि निशुल्क गरिदिए पनि स्टेशनरी खर्च भने तिर्नुपर्ने बताए ।

जिन्दगीमा कसैका लागि केहि गर्नुपर्छ भन्ने मान्यता राख्नेले इकुले अरु पनि त्यस्तै दुःख पाएका वालवालिका भेटेका छन् । तर, आफ्नो घर नहुँदा धेरै वालवालिका राख्ने सम्भावना नभएको धारणा राख्छन् ‘भाडामा घर लिँदा निकै समस्या हुँदो रहेछ । घरबेटीले कहिले पानी धेरै चलाईस भन्छन् त कहिले बत्ति धेरै बालिस् भन्छन्’ ।

उनका केहि शुभचिन्तकहरुले आफ्नै टहरो बनाउन सुझाब समेत दिएका छन् । उनको चाहना छ । साथीभाईको सहयोग जुट्यो भने आउदो चैतसम्म एउटा भूकम्प प्रतिरोधी टहरो निर्माण गर्ने । आफ्नै टहरो भएपछि अरु पनि केहि छोराछोरी थप्ने उनको योजना छ ।

उनको आश्रममा केहि नयाँ गायक र अन्य शुभचिन्तकले जन्मदिन मनाउने, खाने कुरा लगिदिने गरेका छन् वेला बेलामा । अनलाइनखबरबाट

२०७३ पुस १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: