Thu. Feb 27th, 2025

ज्योति महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा शुशिला घिमिरे

shusila-ghimire

११ पुस धादिङ

ज्योति महिला बचत तथा ऋण सहकारी संस्था लि धादिङ को अध्यक्षमा शुशिला घिमिरे चयन भएकी छन् ।

आइतबार धादिङबेसीमा सम्पन्न १४ औँ साधारणसभा तथा ४ औँ अधिवेशनले घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति उपाध्यक्षमा नानीमाया भण्डारी, सचिवमा तारा लामा, कोषाध्यक्षमा विष्णु थापा चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा पुष्प श्रेष्ठ, पातली गुरुङ, शोभा कार्की, चिनिमाया मास्के र सुनिता रिजाल रहेका छन् ।
२०७३ पुस ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: