मनिष दुवाडी / ८ पुस, धादिङ –
धादिङको नीलकण्ठ नगरपालिकाको वडा न ६ मा रहेको भैरवी माद्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तीको विवादले त्यहाँ कार्यरत शिक्षकहरुले १४ महिनादेखि तलव खान पाएका छैनन् । लामो समयअघिदेखि शिक्षकहरुवीच नै प्रधानाध्यापक को हुने भन्ने विषयमा विवाद उत्पन्न हुँदा विद्यालयको खाता संचालन गर्न नसकिएकाले तलब रोक्का भएर खान नपाएको शिक्षकहरुले बताएका छन् ।
विद्यालय ब्यवस्थापन समितिले आफ्नो मनपरि ढंगले प्रधानाध्यापक तोकेको भन्दै विद्यालयमै अध्यापनरत शिक्षकहरुले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो । २०७२ चैत १६ गते तात्कालिन प्रधानाध्यापक हितबहादुर बीसीको सरुवा भएपछि तत्कालिन ब्यवस्थापन समितिले विद्यालयकै प्राथमिक शिक्षक दिपक श्रेष्ठलाइ निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो । तर विद्यालयमा श्रेष्ठभन्दा बरिष्ठ शिक्षकहरु रहदाँ रहदै राजनैतिक आस्थाका आधारमा बरिष्ठलाइ पाखा लगाएर प्राथमिक शिक्षकलाइ प्रधानाध्यापक बनाइएको विरोधमा बरिष्ठतम शिक्षकहरुले जिल्ला शिक्षा कार्यलयमा रिट हालेपछि विवाद चुलिएको थियो ।
माद्यमिक विद्यालयको प्रधानाध्यापक हुनको लागि आवश्यक पर्ने सवै योग्यता पुगेका माद्यमिक शिक्षक हुँदाहुँदै पनि शिक्षा नियावली मिचेर कनिष्ठ प्राथमिक शिक्षकलाइ राजनैतिक आस्थाका आधारमा प्रधानाध्यापक बनाइएको विरोधमा केही शिक्षकहरुले जिल्ला शिक्षा कार्यलय धादिङमा ध्यानाकर्षण गराएपछि सहायक जिल्ला शिक्षा अधिकारी शोभाकर रेग्मीले शिक्षा नियावलीको नियमानुसार गर्नु गराउनु भनि पत्र पठाएको भएपनि विद्यालय प्रशासनले जिल्ला शिक्षाको पत्रलाइ अवज्ञा गरेको पाइएको छ । शिक्षा नियमावली मिचेर प्रधानाध्यापक तोकिएको भन्दै जिल्ला शिक्षा कार्यलय धादिङले विद्यालयको खाता रोक्का गरिदिएपछि उक्त विद्यालयमा अध्यापनरत सवै शिक्षकहरुले विगत १४ महिनाअघिदेखी तलव खान पाएका छैनन ।
यसविचमा विद्यालयमा उत्पन्न विवाद मिलाउनको लागि पटक पटक जिल्ला शिक्षा कार्यलयबाट ताकेता पत्र पठाउने, स्रोतब्यक्ति विद्यालय निरिक्षकहरु गएपनि राजनैतिक दवाव र प्रभावमा परि विवाद समाधानतर्फ कुनैपनि चासो नदिएको विद्यालयकै शिक्षकहरुले बताएका छन । प्रधानाध्यापक विवादले गर्दा राम्रो सन्देश नजानेभएकाले पटक पटक विद्यालयका शिक्षकहरुलाइ मिलेर आउन आग्रह गरेपनि शिक्षकहरु वीचको विवाद नमिल्दा लामो समयदेखि पठन पाठन समेत प्रभावित भएको छ । विद्यायल कै कक्षा ९ मा अध्यनरत एक विद्यार्थीले भने, ‘शिक्षकहरुवीच हेडसर को हुने भन्ने विषयमा विवाद भएको थाहा पाएका छौँ । विवाद यतिसम्म पुगेको छ कि एकैविद्यालयमा पढाउने शिक्षकहरुवीच बोलचाल समेत भएको देखिएको छैन । शिक्षकहरुवीच विवाद भएर कक्षा नै अवरुद्ध चाँहि अहिलेसम्म नभएपनि शिक्षकहरुवीचको आपसी मनमुटावले केही हदसम्म पढ्ने बातावरण भने विग्रिएकै छ ।’
जिल्ला शिक्षा कार्यालयको निर्देशन
अवज्ञा तत्कालिन विद्यालय ब्यवस्थापन समितिले शिक्षा नियमावली मिचेर प्राथमिक शिक्षकलाइ प्रधानाध्यापक बनाएपछि प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहका प्राथमिक शिक्षक दीपक श्रेष्ठलाइ राजीनामा गर्न जिल्ला शिक्षाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेका थिए । विद्यालयमा विवाद उत्पन्न भएदेखि हालसम्म तिनवटा जिल्ला शिक्षा अधिकारी नै फेरिइसकेका छन् ।
स्थानिय तहमै शिक्षकहरुवीच विवाद मिल्ने छाँट नदेखिएपछि जिल्ला शिक्षा कार्यलय धादिङले ठाडो हस्तक्षेप गर्दै २०७३ मंसिर २० गते विद्यालयकै माद्यमिक शिक्षक शोभा दाहाललाइ बरिष्ठ शिक्षकको हैसियतमा निमित्त प्रधानाध्यापक तोकिदिएको छ । सहायक जिशिअ शोभाकर रेग्मीले भने, ‘लामो समयदेखि प्रधानाध्यापक विवाद देखिएपछि हामीले शिक्षा नियमावलीले दिएको अधिकार प्रयोग गरेर तोकेरै बरिष्ठ शिक्षकलाइ प्रधानाध्यापक बनाइदिएका हौँ ।’
तर पनि चैत १६ गतेदेखि प्रधानाध्यापक तोकिएका शिक्षक दीपक श्रेष्ठले विद्यालयको ताला चावी छाप र लेटरप्याड नयाँ प्रधानाध्यापकलाइ नदिँदा विद्यालयको खाता संचालन हुन नसकेको नवनियुक्त प्रधानाध्यापक शोभा दाहालले बताइन । यता श्रेष्ठले भने विद्यालय ब्यवस्थापन समिति पनि नभएको अवस्थामा आफुले राजीनामा दिने ठाउँ नभएको र जिल्ला शिक्षा कार्यलयबाट कोही कसैलाइ आधिकारिक रुपमा प्रधानाध्यापक तोकिएको भनेर लिखित जानकारी नआएकाले आफुले नै प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेको बताएका छन् ।
नयाँ प्रधानाध्यापक तोकिइसकेको भएपनि हालसम्म खाता संचालन हुन सकेको छैन । जसले गर्दा शिक्षकहरुको १४ महिनाअघिदेखिको तलव विद्यालयको खातामा थुप्रिएर बसेको छ । एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा भने ‘यहाँ शिक्षकहरुवीचको विवाद भएकै होइन, जिल्ला शिक्षाले नियमानुसार गर्नु त भने कै छ नी, तर शिक्षकहरु नै नितिनियम भन्दा पनि कोही कसैको स्वार्थबाट परिचालित भएर यस्तो अवस्था आएको हो । एकातर्फ विद्यालय ब्यवस्थापन समिति छैन अर्कोतर्फ बैङ्क खातामा तलव आएर पनि १४ महिनादेखि तलव खाना पाइएको छैन ।’
जिल्ला शिक्षा कार्यलय धादिङले जनाएअनुसार यस्तैखाले विवाद धादिङका अन्य ६ वटा विद्यालयहरुमा पनि रहेको र ति विद्यालयहरुमा पनि समस्या उत्पन्न भइरहेको छ ।
२०७३ पुस ८ गते प्रकाशित