
८ पुस, धादिङ –
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीता शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ ।
प्रतियोगितामा ३५ खेलमा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । पदका लागि तीन हजार ९ सय ७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको विराटनगरको सहिद रङ्गशालामा एक भव्य समारोहबिच उद्घाटन नगर्ने कार्यक्रम रहेको छ ।
२०७३ पुस ८ गते प्रकाशित