४ पुस, धादिङ –
धादिङको जोगिमारा गाविसको गाउँ परिषद आइतबार सम्पन्न भएको छ । गाविस सचिव रामहरी कडेलको अध्यक्षतामा सम्पन्न भएको गाउँ परिषदबाट आगामि आर्थिक बर्षका लागि २१ करोड ६८ लाख ३ हजार बजेट विनीयोजन गरेको छ ।
परिषदले सामाजीक सुरक्षा तर्फ १ करोड २ लाख र पुजीगत तर्फ ७९ लाख ५८ हजार रकम बिनियोजन गरेको छ । यसैगरि चालुतर्फ १३ करोड ७२ लाख ५ हजार रकम बिनियोजन गरिएको जनाइएको छ ।
कार्यक्रममा राजनितीक दलका प्रतिनीधि, वडा नागरीक मञ्चका संयोजकहरु, बालबालिका र महिलाहरुको उपस्थिती रहेको थियो ।
२०७३ पुस ४ गते प्रकाशित