२ पुस, धादिङ –
धुषा गाउ विकास समितिको २४ औं गाउ परिषदबाट आगामी आर्थिक वर्षको लागि १ करोड ७२ लाख ५४ हजार ८ सयको बजेट बिनियोजन गरेको छ ।
गाविसको शुक्रबार सम्पन्न गाउ परिषदले आर्थिक वर्ष २०७४/०७५ को लागि चालुतर्फ १२ लाख ५४ हजार, सामाजिक सुरक्षातर्फ ९० लाख बजेट छुट्याइएको छ ।
यसैगरि लक्षिततर्फ महिलाको लागि ७ लाख ८० हजार, बालबालिकातर्फ १० लाख २० हजार, अन्य लक्षितमा १० लाख २० हजार, कृषिमा ७ लाख, सडकमा १७ लाख, खानेपानीमा २ लाख र अन्य पूर्वाधार निर्माणमा ४ लाख ७० हजार बजेट बिनीयोजन गरिएको छ ।
३० लाख ३ हजार आगामी आर्थिक वर्षको संसोधित बजेट भनी थप गरिएको छ ।
२०७३ पुस २ गते प्रकाशित