Thu. Mar 6th, 2025

चिनियाँ फुटबल विश्वका सबै टिमका लागि खतरा ः कोन्टे

    _93002093_oscar1

२ पुस,काठकाण्डौँ-चिनियाँ फुटबल क्लबले खेलाडीमा ठूलो पैसा खर्च गर्नु विश्वका सबै फुटबल क्लबका लागि खतराको विषय बनेको इंग्लिस क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेको भनाई छ । चेल्सीका मिडफिल्डर ओस्कार चिनियाँ सुपर लिग क्लब सांघाइ एसआइपिजीमा जाने अन्तिम तयारीमा छन । ओस्कारलाई सांघाइले ६० मिलियन पाउण्डमा किन्न लागेको हो ।

ओस्कारले हप्ताको चार लाख पाउण्ड तलब पाउने छन । खेलाडीलाई उच्च तलबमा व्यवस्थापन गर्न कठिन हुने प्रशिक्षक कोन्टेले बताए । चिनियाँ क्लबले सन २०१६ को सिजन सुरु हुनुपूर्व दुई सय मिलियन पाउण्ड खर्च गरिसकेका छन । चिनियाँ क्लबले विश्वका बलिया टिमका राम्रा खेलाडीलाई लोभ लाग्दो मूल्यमा किनेका छन ।

यसले गर्दा टिम व्यवस्थापनमा समस्या आएको प्रशिक्षक कोन्टेको भनाई छ । चेल्सीका ब्राजिलियन मिडफिल्डर रामिरेजलाई चिनियाँ क्लब जिङसु सुनिङले २५ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।
यस्तै आर्सनलका मिडफिल्डर एलेक्स सान्चेजलाई हेबेइ चिन फर्टुनले हप्ताको पाँच लाख पाउण्ड तलबमा अनुबन्ध गर्न चाहेको खबर पनि आएको छ ।

चिनियाँ बजार चेल्सीका लागि मात्रै नभएर विश्वका सबै फुटबल टिमका लागि खतरा रहेको कोन्टेले बताए । चिनियाँ ट्रान्सफर विन्डो आउँदो जनवरी १ का सुरु भएर फेब्रुअरी २८ मा बन्द हुनेछ ।

About The Author

अन्य समाचारहरु: