Thu. Feb 27th, 2025

तरकारी संकलनका लागि चैनपुरमा साझा सुविधा केन्द्र

 २९ मंसिर, धादिङ-

तरकारी संकलनका लागि साझा सुविधा केन्द्र बनेसँगै धादिङको चैनपुर ८ हुलाकभञ्ज्याङ्घका किसानहरु खुसी भएका छन् ।

उत्पादन भएको तरकारीलाई बजार सम्म लैजान निक्कै हैरानी बेहोरेका उनीहरु अहिले लालिगुराँस तरकारी संकलन साझा सुविधा केन्द्र बनेसँगै खुसी भएका हुन् ।

साझा सुविधा केन्द्र डेनमार्क सरकारको आर्थिक सहयोगमा युएनडीपी/एलएसइआर परियोजना अन्तर्गत सेडेक नेपालसँगको साझेदारीमा निर्माण भएको हो । साझा सुविधा केन्द्रको  उद्घाटन गर्दै सेडेक नेपाल धादिङका उद्यम विकास सहजकर्ता भगवती खत्रीले जिविकोपार्जनका लागि आफुहरुले बाटो मात्रै देखाईदिएको बताइन् ।

सहजकर्ता सावित्रा थापाले हुलाकभञ्ज्याङका किसानहरु निक्कै मिहिनेती रहेको भन्दै अबका दिनहरुमा थप व्यवसायिकरणको खाँचो औंल्याइन् । करीब ४ लाख ६३ हजार रुपैयाँको लागतमा सुविधा केन्द्र निर्माण भएको लालिगुँरास तरकारी लघु उद्यमी समूहले जनाएको छ ।

समूहका अध्यक्ष अञ्जना बज्राचार्यको अध्यक्षतामा सम्मन्न उद्घाटन कार्यक्रममा वडा नागरिक मञ्चका संयोजक जित बहादुर बाँडाको प्रमुख आतिथ्य रहेको थियो ।

२०७३ मंसिर २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: