Thu. Feb 27th, 2025

नवजिवन सहकारीको अध्यक्षमा पुनः अम्बिका अधिकारी

naba-jiban-sahakari

२४ मंसिर, धादिङ –

नवजिवन साना किसान कृषि सहकारी संस्था लिमिटेड पिडाको अध्यक्षमा पुनः अम्बिका अधिकारी भएकी छिन् ।

संस्थाको शुक्रबार सम्पन्न चौथो वार्षिक साधारण सभा तथा अधिवेशनले ९ सदस्यिय कार्य समितीको अध्यक्ष पदमा पुनः अधिकारीलाई  चयन गरेको हो । त्यस्तै ३ सदस्यिय लेखा समितीकोे संयोजकमा उर्मिला श्रेष्ठ रहेकी छिन्।

साना किसान कृषि सहकारी संघ धादिङका अध्यक्ष रङ्ग थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाविस सचिव रामहरी कंडेल लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरु, राजनितिक दल, स्थानिय लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी थपलियाले विकट क्षेत्रका दलित, चेपाङ, तामाङ तथा पिछडिएका वर्गलाई समेट्दै संस्था अगाडी बढेकोमा प्रशंशा गरेका थिए । नवजिवन साना किसान कृषि सहकारी संस्था लिमिटेडमा हाल ९ सय ९६ जना शेयर सदस्य रहेका छन् ।

२०७३ मङ्सिर २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: