२२ मंसिर, धादिङ –
अन्तर्राष्ट्रिय शिक्षा बरियतामा सिंगापुर शीर्ष स्थानमा देखिएको छ । अर्गनाइजेसन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलप्मेन्ट (ओइसिडी) को इन्टरनेशनल स्टुडेन्ट एसेसमेन्ट कार्यक्रम पिसाले गरेको अध्ययनमा सिंगापुर शीर्ष स्थानमा देखिएको हो ।
सिंगापुरका विद्यालय तथा विद्यार्थीको सिकाइको दर विश्वकै उत्कृष्ट रहेको अध्ययनले देखाएको हो । सिंगापुरका किशोरकिशोरी गणित, विज्ञान तथा रिडिङको परीक्षामा उत्कृष्ट देखिएका छन् ।
गएको १५ वर्षमा विश्वका ७० देशमा भएका परीक्षाको नतिजाको अध्ययनबाट सिंगापुर शीर्ष स्थानमा देखिएको हो । यस्तै जापान दोस्रो तथा इस्टोनिया तेस्रो स्थानमा छन् । सिंगापुरका विद्यार्थी विज्ञानमा जस्तै गणित र रिडिङमा पनि शीर्ष स्थानमा छन् ।
२०७३ मंसिर २२ गते प्रकाशित