Wed. Nov 27th, 2024

डा. केशीको माग पुरा गराउन धादिङमा पनि प्रदर्शन

drkc-samarthanma-dhading-1

१६ मंसिर, धादिङ –

चिकित्सा शिक्षा र सेवा क्षेत्रको विकृति विरुद्ध अनशनरत डा. गोविन्द केशीको जीवन रक्षाका लागि धादिङका चिकित्सक र स्वास्थ्यकर्मीहरुले सदरमुकाम धादिङबेसीमा प्रदर्शन गरेका छन् ।

पछिल्लो समय १९ दिनदेखि  अनशनरत त्रिवि शिक्षण अस्पताल चिकित्सक डा. स्वास्थ्य स्थिति नाजुक बनिसक्दा सरकारले बेवास्ता गरिरहेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उक्रिएका हुन् ।

drkc-samsaetanma-dadhign-2-copy

चिकित्सा शिक्षा र सेवा क्षेत्रको सुधारको डा. केशीले राखेको मागमा ऐक्यवद्धता जनाएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डा. रसिला अमात्यले बताइन् ।

तत्काल माग पुरा गराएर डा. केशीलाई अनशनमुक्त गराउन चिकित्सकहरुले विभिन्न प्लेकार्ड सहित प्रदर्शन गरेर सरकारलाई दबाब दिएका छन् । केशीले उठाएका माग समाजका लागि महत्वपूर्ण भएको र डा. केशीको स्वास्थ्य दिनानुदिन नाजुक बन्दापनि कुनै वास्ता नगरेको भन्दै स्वास्थ्यकर्मीहरुले सरकार विरुद्ध नारा लगाएका थिए ।

२०७३ मंसिर १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: