धादिङमा १ सय ९३ जनामा एचआईभी संक्रमण भेटिएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय धादिङका अनुसार आर्थिक वर्ष २०७२/ ०७३ को असार मसान्तसम्म प्राय २५ वर्षदेखि ३९ वर्षसम्मका उमेर समूहका मानिसहरुलाई एचआइभी संक्रमण भेटिएको छ ।
एचआईभी/एड्स लागेका मध्ये अहिले ५६ जनाले औषधी सेवन गरिरहेका छन् ।
मजदुरीका लागि विदेश जाने पुरुषहरुले असुरक्षित यौन सम्पर्क गर्दा संक्रमित भई घर आउँदा श्रीमती र जन्मने बच्चामा पनि एचआईभिको संक्रमण फैलने गरेको जिल्ला स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य निरीक्षक विष्णु रिजालले जानकारी दिए ।
अघिल्लो वर्षको तुलनामा धादिङमा एचआईभी /एड्सका रोगीको संख्या बढेको छ ।
२०७३ मंसिर १६ गते प्रकाशित