एसिसी महिला एसिया कप क्रिकेटमा नेपाली टोली आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ६४ रनको लक्ष्य थाइल्याण्डले दुई विकेटको क्षतिमा भेट्टायो । थाइल्याण्डका लागि नाट्टाकन चान्तमले २४ तथा सिरिन्ट्राले २७ रन बनाइन् ।
नेपालकी सरीता मगरले दुई विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर ६३ रन बनायो । नेपालकी ज्योती पाण्डेले १६, सीता राना मगरले ९, रुबिना क्षेत्रीले ८ तथा नेरी थापाले ७ रन बनाइन् ।
प्रतियोगितामा थाइल्याण्डले पहिलो जित निकालेको हो । थाइल्याण्ड यसअघि भएका खेलमा भारतसँग ९ विकेट, बंगलादेशसँग ३५ र श्रीलंकासँग ७५ रनले पराजित भएको थियो ।
२०७३ मंसिर १६ गते प्रकाशित