Thu. Feb 27th, 2025

पर्यटन मन्त्रालयलाई भ्रष्टाचारमुक्त मन्त्रालय बनाउने मन्त्री शाहीको उद्घोष

१५ मंसिर, धादिङ-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पर्यटन मन्त्रालयलाई भ्रष्टाचारमुक्त मन्त्रालय बनाउने उद्घोष गरेका छन् ।

नवनियुक्त राज्यमन्त्री इन्द्र बाँनियालाई मन्त्रालयमा स्वागत गर्दै मन्त्री शाहीले यस्तो बताउनुभएको हो । कार्यक्रममा मन्त्री शाहीले आफू केहीं गर्नका लागि मन्त्री भएको भन्दै मुलुकको समृद्धिमा आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

यसका लागि मन्त्रालयका सचिव लगायतका सबै कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको उनको भनाई छ । उनले अहिलेको अवस्थामा विकास गर्न कठिन भएको भन्दै नीति र शैली बदल्नु पर्ने स्पष्ट पारे ।

२०७३ मंसिर १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: