Wed. Mar 12th, 2025

धादिङका १९ लघुउद्यमीलाई प्राविधीक ज्ञान प्रदान

१४ मंसिर, धादिङ- प्रविधिसँग सम्बन्धित ज्ञानबाट टाढा रहेका लघु उद्यमीहरुलाई ५ दिने डिजिटल लिट्रेसी तालिम दिईएको छ ।

डिएएनआइडी, युएनडीपी, एलएसइआर ले सदरमुकाम धादिङबेशीमा आयोजना गरेको तालिममा धादिङका १९ जना लघु उद्यमीहरुको सहभागिता रहेको थियो ।

तालिममा सहभागीहरुलाई लघु उद्योगहरुलाई प्रविधिसँग कसरी जोड्ने भन्ने बारेमा जानकारी गराईएको थियो । तालिम लिइसकेपछि आफुले सिकेको सिपलाई बजारिकरण गर्न यो तालिमले थप सहयोग पुगेको लघु उद्यमीहरुले बताएका छन् ।

विज्ञान र प्रविधिको विकाससँगै हिजोआज विस्तारै सबै विषय अनलाईन केन्द्रीत हुँदै गएकोले डिजिटल मार्केट भनेको के हो र यो कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि लघु उद्यमीहरुलाई जानकारी गराईएको आयोजकले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: