१२ मंसिर, धादिङ –
इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी शीर्ष स्थानमा कायम रहन सफल भएको छ ।
चेल्सीले टोटनह्यामलाई २–१ ले हराएको थियो । चेल्सीलाई जिताउन पेड्रो र भिक्टर मोसेसले गोल गरे । ११ औं मिनेटमा क्रिष्टियन एरिकसनले गोल गर्दै टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । ४५ औं मिनेटमा पेड्रोले चेल्सीका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५१ औं मिनेटमा मोसेसले गोल गरेपछि चेल्सीले २–१ को अग्रता लियो । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र चेल्सी २–१ ले विजयी भयो ।
२०७३ मंसिर १२ गते प्रकाशित