इरानमा रेल दुर्घटना हुँदा कम्तिमा ३५ जनाको ज्यान गएको छ । राजधानी तेहरानबाट दुई सय ५० किलोमिटर पूर्व सेमनान प्रान्तमा दुईवटा रेल ठोक्किएर भएको दुर्घटनामा ७० जना भन्दा धेरै घाइते भएका छन् ।
दुर्घटनामा एउटा रेलको चारवटा डिब्बा रेलबाट उछुट्टिएको छ । यस्तै दुईवटा डिब्बामा आगो लागेको बिबिसीले जनाएको छ । निकै चिसो र ग्रामीण क्षेत्र भएकाले उद्धारको काम प्रभावित भएको सरकारी अधिकारीले बताएका छन् ।
२०७३ मंसिर ११ गते प्रकाशित