Wed. Nov 27th, 2024

‘तरकारीवाली’ कुसुमलाई छात्रवृत्ती

tarkari-wali-help

९ मंसिर, धादिङ –

‘तरकारीवाली’को नामले सामाजिक संजाल र मिडियामा चर्चा पाएकी गोरखाकी कुसुम श्रेष्ठलाई स्नात्तकोत्तर तहसम्म अध्ययनका लागि निशुल्क छात्रावृत्ती प्रदान गरिएको छ । कुसुमले अध्ययन गरिरहेको चितवनको रत्ननगरस्थित क्वेष्ट मोडल कलेजमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण कम्पनी पपुलर मल्टी मिडियाले यो घोषणा गरेको हो ।

कलेजसँगको सहकार्यमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रावृत्ती प्रदान गरिएको हो । यसपछि भने, काठमाण्डौको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यतामा स्नातक र स्नात्तोकत्तर तहसम्म अध्ययनका लागि कुसुमले पूर्ण छात्रवृत्ती प्राप्त गर्नेछिन् ।

छात्रवृत्ती प्रदान कार्यक्रममा पपुलर मल्टी मिडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनी, यहि ब्यानरबाट बन्न लागेको चलचित्र ‘लम्फू’का निर्देशक गोपालचन्द्र लामिछाने, निर्मात्री पूनम गौतम लगायतको उपस्थित थियो । छात्रवृत्ती प्राप्त गरेपछि कुसुमले यो सहयोग आफ्ना लागि अतुलनिय भएको बताइन् । उनले उच्च शिक्षा प्राप्त गर्न निरन्तर मिहिनेत गर्ने बताइन् । आफू निम्न आर्थिक अवस्थामा रहेकाले पनि यो सहयोग अतुलनिय भएको उनको भनाई थियो । पपुलर मल्टी मिडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनीले कुसुमको पढ्ने चाहनालाई आफूहरुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्र ‘लम्फू’मा कुसुमलाई सुहाउने भूमिका अफर गरेको सुनाए । तर, कुसुमले पढ्न चाहने इच्छा व्यक्त गरेपछि छात्रवृत्ती प्रदान गरिएको उनको भनाई थियो ।

२०७३ मंसिर ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: