Sat. Mar 15th, 2025

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

japan-earth-queck

७ मंसिर (जापान )टोकियो –
जापानको फुकुशिमा प्रांत नजिक  ७.४ म्याग्निच्युडको भूक्म्प गएको छ ।  भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

जापानको सरकारी मिडिया एनएचकेका अनुसार सरकारले स्थानीय सर्वसाधारणहरूलाई तटीय इलाकाबाट हट्न अपील गरेको छ ।

ओनाहामा तटसम्म पुग्ने समुन्द्री छाल ६० सेन्टीमिटर अर्थात दुई फिटसम्मको हुने बीबीसीको अनलाइन संस्करणमा समाचार उल्लेख छ ।

सोमबार राति फुकुशिमाबाट ७० किलोमिटर टाडा भूकम्पले केन्द्र बनाएको छ । जमिनको सतहबाट ११ किलोमिटर तल केन्द्र बनाइ ७ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पमा परेर छ जना सामान्य घाइते भएका छन् ।

सन् २०११ मा आएको विनाशकारी भूकम्पपछि आएको सुनामी छालका कारण फुकुशिमामा परमाणु संयन्त्रलाई नोक्सानी पुगाएको थियो ।

२०७३ मंसिर ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: