Sat. Mar 15th, 2025

भारतको कानपुरमा रेल दुर्घटना, ६३ जनाको मृत्यु

rail-accident
५ मंसिर धादिङ –

भारतको उत्तरप्रदेश स्थित कानपुरमा रेल दुर्घटना हुँदा कम्तिमा ६३ जनाको ज्यान गएको छ ।

आइतबार बिहान पटना–इन्दौर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर भएको दुर्घटना एक सय ५० भन्दा धेरै यात्रु घाइते भएका छन् । इन्दौरबाट पटनाका लागि छुटेको रेल दुर्घटनामा परेको हो । कानपुर नजिकैको पुखरायां स्टेशनमा दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेको संख्या बढ्न सक्ने कानपुर प्रहरीका अधिकारी दलजीत चौधरीले बताएका छन् । घाइतेलाई नजिकैका अस्पताल लगिएको छ । अहिले उद्धारको काम भइरहेको छ । दुर्घटनाका कारण त्यस क्षेत्रको रेलवे सेवा पनि प्रभावित भएको छ ।
२०७३ मंसिर ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: