३ मंसिर, धादिङ – अफ्रिकी देश मोजाम्बिकमा ट्रक विस्फोट हुँदा ७० जना भन्दा बढीको मृत्यु भएको छ । विस्फोटमा एक सय जना घाइते भएका छन् ।
मोजम्बिकको टेट प्रान्तको काफिरिज्यांग गाउँमा तेल भरिएको ट्रक विस्फोटन भएर दुर्घटना भएको हो । सरकारी अधिकारीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ ।
विस्फोटनमा परेकाको उद्दारका लागि सरकारले टोली पठाएको छ । गरिब देश मोजम्बिकमा दुई करोड ४० लाख नागरिक गरिबीको रेखा मुनि छन् । सन् १९७५ मा पोर्चुगलबाट स्वतन्त्र भएको मोजाम्बिक १६ वर्षसम्म चलेको गृह युद्धले थलिएको हो ।