२९ कात्तिक, धादिङ- धादिङको पिडा गाऊँ विकास समिती वडा नंबर ९ गैरीगाऊँमा नवनिर्मित विद्यालय भवन सोमबार विद्यालयलाई हस्ताण्तरण गरिएको छ ।
युनाइटेड मिसन टु नेपाल युएमएनको सहयोगमा प्रयास नेपाल धादिङले निर्माण गरेको २ कोठे भवन एक कार्यक्रमका विच विद्यालयलाई हस्ताण्तरण गरिएको हो ।
विद्यालय हस्ताण्तरण कार्यक्रममा बोल्दै धादिङ क्षेत्र नंबर ३ बाट निर्वाचित सांसद राजेन्द्र प्रसाद पाण्डेले सहयोगी संस्थाहरुले निकै सराहनिय काम गरेकोमा धन्यावाद दिए । त्यस्तै आगामी दिनमा विद्यालयलाई गुणस्तरिय बनाऊँदै बालबालिकाको उज्जवल भविष्य निर्माण गर्ने जिम्वेवारी अभिभावको काँधमा रहेको पनि पाण्डेले बताए ।
विद्यालय व्यवश्थापन समितीका अध्यक्ष हर्क बहादुर चेपाङको अध्यक्षतामा सम्पन्न विद्यालय हस्ताण्तरण कार्यक्रममा युएमएन धादिङका आर्जु बर्गेजा, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, प्रधानाध्यापक राम प्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।