२९ कात्तिक, धादिङ- क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) जिल्ला शाखा धादिङको आयोजनामा आइतबारदेखि धादिङबेसीमा भएको व्याडमिन्टन प्रतियोगीतामा रेडियो धादिङका डोल्मा मम्बा प्रथम भएकी छिन् । संस्थाको दशौँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगीतामा जिल्लाभित्रका विभिन्न संचारमाध्यममा आवद्ध महिला पत्रकारहरुलाई पछि पार्दै मम्बा प्रथम भएकी हुन् ।
त्यस्तै रेडियो धादिङकै अस्मिता खतिवडाले द्धितिय पुरस्कार हात पारेकी छिन् । प्रतियोगिताको तृतिय र सान्त्वना पुरस्कार क्रमशः पाविल न्युज डक कमका सरिता श्रेष्ठ र रेडियो धादिङका सिर्जना खनालले हात पार्न सफल भएका थिए । प्रतियोगितामा विजयीहरुलाई नगद रु ४ हजार, ३ हजार, २ हजार र १ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रको साथमा सम्मान गरिएको छ ।
क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) जिल्ला शाखा धादिङका उपाध्यक्ष सरिता नेपालीको अध्यक्षतामा सम्पन्न चियापान तथा पुरस्कार वितरण समारोहमा जिल्ला विकास समिति धादिङका योजना तथा प्रशासकिय अधिकृत युवराज अर्याल, सुचना अधिकृत भोला गौतम, जिल्ला खेलकुद विकास समिती धादिङका कार्यलय सचिव कृष्णलाल श्रेष्ठ, व्याडमिन्टन संघ धादिङका उपाध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली लगायतको उपस्थिती रहेको थियो ।