२२ कात्तिक धादिङ –
प्रहरीले बंगलादेशमा एउटै घरबाट ४० वटा मानव खप्पर तथा हड्डी बरामद गरेको छ ।
राजधानी ढाकामा रहेको एउटा घरमा प्रहरीले ४० वटा मानव खप्पर फेला पारेको हो । प्रहरीले एक मेडिकल छात्रलाई पक्राउ समेत गरेको छ ।
पक्राउ परेका ती छात्रले मेडिकल क्षेत्रका विद्यार्थीका लागि ४ सय ५० डलरमा मानव कंकाल बेच्ने गरेको प्रहरीले दाबी गरेको छ । ती छात्रले शहर बाहिर चिहानबाट शव उत्खनन् गरी कंकाल ल्याउने गरेको र विभिन्न रसायन र उपकरणले सफा गरी बेच्ने गरेका प्रहरीको भनाई छ ।