Thu. Feb 27th, 2025

धादिङका किसानलाई १ करोड ३८ लाखको अनुदान

सरिता श्रेष्ठ / २२ कात्तिक,  धादिङ – 
जिल्ला कृषि विकास कार्यालय धादिङले किसानहरुलाई यस वर्ष १ करोड ३८ लाखको अनुदान छुट्टाएको छ ।

dhan-dekhaudai-kisan-3
फाइल फोटो

युवा लक्षित कार्यक्रम अन्र्तगत प्लाष्टिक घर निर्माण, थोपा सिचाँई, तरकारी खेती, औजार उपकरण, भकारो सुधार कार्यक्रम, हाते ट्याक्टरका ५० प्रतिशत अनुदान छुट्टाएको हो ।

तरकारी उत्पादन तर्फ ३८ लाख ८१ हजार, मकै, धान, बाली उत्पादन तर्फ २५ लाख ८३ हजार, प्लाष्टिक घर निर्माणका लागि १२ लाख ४० हजार अनुदान छुट्टाइएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ ।

कार्यालयले अघिल्ला वर्षहरुमा पनि किसानहरुलाई अनुदानको व्यवस्था गरेका थिए ।

देशको कुल ग्राहस्थ्य उत्पादनको एक तिहाइ भन्दा बढी कृषि क्षेत्रबाट प्राप्त हुने र दुई तिहाइ भन्दा बढी जनसंख्या रोजगारी तथा जिविकोपार्जनका लागि यस क्षेत्रमा निर्भर रहने भएकोले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्वपुर्ण भुमिका रहेको स्पष्ट छ । नेपालमा प्रत्येक वर्ष ४ लाख ५० हजार जति उत्पादनशिल युवाहरु वैदेशिक श्रम बजारमा प्रवेश हुने गरेका छन् ।

About The Author

अन्य समाचारहरु: