Sat. Mar 15th, 2025

भारतमा पटाका पसलमा आगलागी, ८ जनाको मृत्यु

pataka
१३ कात्तिक, धादिङ  – 

भारतको गुजरातमा पटाका पसलमा आगलागी हुँदा ८ जनाको ज्यान गएको छ । घटनामा पाँच जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ ।

उनीहरुको वडोदराको सयाजी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुका लागेको आगो नियन्त्रणमा लिन झण्डै पाँच घण्टा लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अवैध रुपमा पटाका बेच्दै आएको पसलमा आगलागी भएको स्थानीय प्रशासनले जनाएको छ । आगलागीको कारण पत्ता नलागेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको शरीरको अधिकांश भाग जलेकाले पहिचानमा समस्या भएको छ ।

गुजरातको वडोदरा शहरको नजिक रहेको पटाका पसलमा आगलागी भएको हो ।  उनीहरुको वडोदराको सयाजी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुका लागेको आगो नियन्त्रणमा लिन झण्डै पाँच घण्टा लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

About The Author

अन्य समाचारहरु: