Thu. Feb 27th, 2025

साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङको अध्यक्षमा थपलिया

१२ कात्तिक, धादिङ –
ranga-thapa

साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङको अध्यक्षमा रंग थपलिया चयन भएका छन् ।

संस्थाको विहिबार सम्पन्न १६ औ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले थपलिया अध्यक्ष रहने गरि  १५ सदस्यिय नयाँ कार्य समितीको चयन गरेको हो ।

समितिको उपाध्यक्षमा फणिकान्त छत्कुली रहेका छन् । त्यस्तै सदस्यहरुमा शिव बहादुर भण्डारी, अप्सरा अधिकारी, कृष्ण प्रसाद अधिकारी, विरेन्द्र पाण्डे, शिव अर्याल, दुर्गा दुवाडी, सिता दाहाल, ध्रुव वि.क, राधिका सापकोटा, ओम प्रसाद धमला, हरि प्रसाद तिमिल्सिना, सत्यदेवी रेग्मी र मीना तामाङ सर्वसम्मतले चयन भएका छन् ।

त्यसैगरि अधिवेशनले डिल्ली प्रसाद पाठकको संयोजकत्वमा इन्द्र बहादुर श्रेष्ठ र बलराम कुंवर सदस्य रहेको लेखासमिति समेत चयन गरेको छ ।

साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय कृषि सहकारी संघका सञ्चालक खेम बहादुर पाठकको प्रमुख आतिथ्य र जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेलको विशेष आतिथ्य रहेको थियो ।

About The Author

अन्य समाचारहरु: