६ कात्तिक, धादिङ- क्यामरुन एक यात्रुवाहक रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ ।
याउन्ड र डेआला शहरको बीच एसेकामा यात्रुले भरिएका रेलका १० वटा डिब्बा लिकबाट बाहिर गएपछि दुर्घटना भएको हो । दुर्घटनामा तीन सयभन्दा बढी घाइते भएको वीवीसीले जनाएको छ ।
अत्याधिक भारका कारण रेल दुर्घटना भएको हुनसक्ने बताइएको छ । ६ सय यात्रु क्षमताको रेलमा १३ सय सवार रहेको बताइएको छ ।
लगातारको वर्षाका कारण क्यामरुनको सडक ठाउँठाउँमा बिग्रिएकाले बसबाट यात्रा गर्न समस्या भएपछि रेलमा थप यात्रु लैजान नियमित भन्दा ८ वटा डिब्बा जोडिएको थियो ।