६ कात्तिक, काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध लगाइएको महाअभियोगका विषयमा कांग्रेसले अझै संस्थागत निर्णय गर्न सकेको छैन ।
महाअभियोग पारित वा विफल गराउन निर्णायक शक्ति कांग्रेसले लिने निर्णय चासोको विषय बनीरहेको बेला नेताहरुबाट तीनथरी धारणा आएको छ।
बिहीबारबाट जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महाअभियोगको पक्ष, तत्कालका लागि चुप बस्नुपर्ने र गम्भीर छलफल गरेर निर्णययमा पुग्नुपर्ने धारणा व्यक्त भएका हुन ।
शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुमध्ये केही महाअभियोगको पक्षमा खुलेर उभिए भने केही नेताहरु यसबारे थप छलफल र गृहकार्य गर्नुपर्ने धारणा राखे । आजको राजधानी दैनिकमा समाचार