३ कात्तिक, धादिङ –
धादिङका युवा नेता राजु नेपाललाई विद्यार्थी संगठनको उत्प्रेरकको जिम्मेवारी प्रदान गरिएको छ ।
नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालयको बुधबार बसेको विशेष राजनीतिक समितिले कार्यविभाजन हेरफेर गरि नेपाललाई सो जिम्मेवारी प्रदान गरिएको हो ।
नेपाल जनयुद्धकालदेखि राजनीतिक क्षेत्रमा लागेका थिए ।
बैठकले प्रशान्त सिंहलाई संयोजक डा बाबुराम भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त गरेको छ ।