Fri. Mar 7th, 2025

नयाँ शक्तिमा नेताहरूको जिम्मेवारी हेरफेर

३ कात्तिक,  धादिङ –

rajnitiksamitimeeting-kartik3-1
नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालयको बुधबार बसेको विशेष राजनीतिक समितिले कार्यविभाजन हेरफेर गरेको छ ।
बैठकले प्रशान्त सिंहलाई संयोजक डा बाबुराम भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त गरेको छ ।

केन्द्रीय कार्यालयको संयोजकमा डा केशवमान शाक्य र सह–संयोजकमा प्रह्लाद लामिछानेलाई जिम्मेवारी दिएको छ ।

विद्यार्थी संगठनको उत्प्रेरकको जिम्मेवारी राजु नेपाललाई दिइएको छ ।

प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त भएका सिंह हार्वड विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय लगायतका प्रतिष्ठित विश्वविद्यालय र प्रतिष्ठानहरुबाट प्रशिक्षित हुन् ।

उनले यसअघि नै नेपाल पर्यटन बोर्डको निर्देशक, विश्व बन्यजन्तु कोष, नेपालको निर्देशक लगायतका पदहरुमा रहेर कार्य गरिसक्नुभएको छ ।

केन्द्रीय कार्यालय संयोजक शाक्य पूर्वमन्त्री (विज्ञान प्रविधि तथा वातावरण) छने भने उनले धेरै प्रतिष्ठित संस्थाहरुमा कार्यकारी पदमा रहेर काम गरिसकेका छन् ।

केन्द्रीय कार्यालय सह–संयोजक लामिछाने पूर्वसभासद् (प्रत्यक्ष निर्वाचित) हुन् । उनी नयाँ शक्ति पार्टी, नेपालको मकवानपुर जिल्ला संयोजकको रुपमा काम गरिसकेका छन् । भने उनीसँग विभिन्न व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरिसकेको अनुभव पनि छ ।

कार्ययोजना निर्माण कार्यदलहरु गठन

बैठकले मंसिर ५ गतेदेखि हुने केन्द्रीय कार्यकारी समितिको बैठकको निम्ति निम्नानुसारको कार्ययोजना कार्यदलहरु पनि गठन गरेको छस्

क. वैचारिक–राजनीतिक तथा साँस्कृतिक अभियान कार्ययोजना
संयोजक : डम्बर खतिवडा
सदस्यहरु : खिमलाल देवकोटा, करिष्मा मानन्धर, अमरध्वज लामा

ख. संगठन निर्माण तथा विस्तार कार्ययोजना
संयोजक : देवेन्द्र पौडेल
सदस्यहरु : केशव दाहाल, रामकुमार शर्मा, कल्पना धमला, पासाङ शेर्पा, कुमार पौडेल, देवराज भारद्वाज

ग. राष्ट्रिय तथा सामाजिक अभियान कार्ययोजना
संयोजक : गंगा श्रेष्ठ
सदस्यहरु : देवेन्द्र पराजुली, रामरिझन यादव, ऋषभदेव भट्टराई, लिली थापा, दुर्गा न्यौपाने, सावित्री लामा, दीपक भट्टराई

घ. आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्ययोजना
संयोजक : रामेश्वर खनाल
सदस्यहरु : प्रशान्त सिंह, नवराज सुवेदी, सुनिल खड्का

ङ. उत्पादन तथा रोजगाररस्वरोजगार कार्ययोजना
संयोजक : केशवमान शाक्य
सदस्यहरु : लक्ष्मीप्रसाद देवकोटा, जनकराज शाह, प्रदीपमान तुलाचन, प्रेम तामाङ

च. केन्द्रीय अनुगमन कार्यदल
संयोजक :  वामदेव क्षेत्री
सदस्यहरु : सविना अर्याल, अशोक श्रेष्ठ, नाथुप्रसाद चौधरी

About The Author

अन्य समाचारहरु: