Fri. Mar 7th, 2025

सरकारी तथा निजी भवनहरु अपाङ्गमैत्री हुनुपर्नेमा सांसद बुर्लाकोटीको माग (अडियो सहित)

२ असोज, धादिङ –

guruprashad-burlakot
भुकम्पपछि पुननिर्माणका कामहरु भइरहेको बेला अब बन्ने र बन्दै गरेका सरकारी तथा निजी भवनहरु अनिवार्य रुपमा अपाङ्गमैत्री हुनुपर्नेमा धादिङका सांसद गुरुप्रसाद बुर्लाकोटीले जोड दिएका छन् ।

सरकारले अपाङ्ता सम्बन्धी विधेयक पारित गरेकोमा खुशी व्यक्त गर्दै संसद बैठकमा उनले अपाङ्गता भएका व्यक्तिहरुको सुविधाको लागि भवनभित्र बनेका  भौतिक संरचनाहरु प्नि अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिए ।

सांसद बुर्लाकोटीले सरकार मुलुकलाई संघीय संरचनामा निर्माण गर्न अघि बढिरहेका बेला गाँउपालिका र प्रदेश सदरमुकामको र गाँउपालिकाको सदरमुकामको नया भौतिक संरचना निर्माण गर्ने क्रममा उक्त संरचनाहरु अनिवार्य अपाङ्गमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी अपाङ्ता भएका व्यक्तिहरुको अवस्थाअनुसार उनीहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने बताए । सरकारले शिक्षालाई माध्यामिक तहसम्म निशुल्क बनाउने भनिएकोमा अपाङगता भएका व्यक्तिहरुको लागि उच्च तहसम्मको शिक्षा निशुल्क उपलब्ध गराउन सरकार लागि पर्नुपर्ने भन्दै संसदमा माग गरेका छन् ।

यसैगरि अपाङ्गता भएका व्यक्तिहरुको जिविकोपार्जनलाई सजह बनाउन सीपमुलक तालिमको व्यवस्था गरि रोजगारीको अवसर सृजना गनुपर्नेमा पनि सरकारको ध्यानाकर्षण गराए ।

अडियो सुन्नुहोस्

 

 

About The Author

अन्य समाचारहरु: