३० असोज, धादिङ- नेकपा एमालेका केन्द्रिय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले राजनीतिक समझदारी कायम गरि उपयुक्त वातावरणमा बुढिगण्डकी जलविद्युत आयोजनाको कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमालेको बुढाथुम गाऊँ अधिवेशन कार्यक्रममा बोल्दै भट्टराइले यस्तो बताएका हुन् ।
बुढिगण्डकी जलविद्युत आयोजनाका विषयमा नेकपा एमाले सधैं सकरात्मक रहेको बताऊँदै भट्टराइले प्रभावित स्थानियहरुलाइ सम्मान जनक क्षतीपुर्ती दिलाउन पार्टी सधैं तत्पर रहेको बताए । साथै प्रभावित ३ हजार ५ सय ६५ घरधुरीलाई छिटोभन्दा छिटो मुवाब्जा वितरण गर्ने कार्य अगाडी बढेको पनि भट्टराईले जानकारी गराए ।
अर्को प्रसङ्गमा बोल्दै प्रचार विभाग प्रमुख भट्टराइले वर्तमान सरकार सुकेको रुखको हाँगामा समातेको अवश्थामा रहेकाले देश विकासका लागी नेकपा एमालेको सरकार अत्यावश्यक रहेको बताए ।