३० असोज, धादिङ- नेपाल शिक्षक संघ जिल्ला शाखा धादिङको अब आफ्नै नयाँ भवन बन्ने भएको छ । संघको नयां बन्ने भवनको आज शिलान्यास गरिएको छ ।
भवनको नेपाल शिक्षक संघका संस्थापक अध्यक्ष देवेन्द्रप्रसाद उपाध्याय, नेपाल शिक्षक संघका राष्टिय कार्य समितिका अध्यक्ष केशव निरौला र नेपाल शिक्षक संघ धादिङका अध्यक्ष दिपक सिंखडा ले संयुक्त रुपमा आज एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी एवं संघका संस्थापक अध्यक्ष उपाध्ययले संस्थाको आफ्नै भवन बन्ने भएकोमा खुशी व्यक्त गर्नुभयो । आफ्नै मेहनत र पसनाले गरेको कामको छुट्टै महत्व हुने भन्दै उहाँले सबैलाई शुभकामना दिनुभएको छ ।
सदरमुकाम धादिङबेशीमा बन्ने ९ कोठे पक्की भवनको निर्माण लागत ५० लाख लाग्ने अनुमान गरिएको संघले जनाएको छ ।