Tue. Nov 26th, 2024

क्रसर उद्योगमा काम गर्ने ३ जना मजदुर पक्राउ

cras
२९ असोज, धादिङ – 
जिल्ला प्रशासनको कार्यलय धादिङले बिना अनुमति क्रसर उद्योग सञ्चालन गरेको भन्दै तीन जनालाई पक्राउ गरेको छ । शनिबार बिहान भुमेस्थान गाविसको चालिसेबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पृथ्वीराजमार्ग स्थित भुमेस्थान– ४ चालिसेमा सञ्चालित एभेरष्ट एग्रिगेट इन्डष्ट्रिज प्रालिमा कार्यरत मजदुरहरु माइला राई, सानु मानन्धर र समर राई रहेका छन् । एकाबिहानै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी आफैं आएर मुख धुन लागेका मजदुरहरुलाई दोस्रोपटक पक्राउ गरेको हो ।

जिल्लामा क्रसर उद्योग संचालन गर्ने विषयमा लामो समयदेखि विवाद रहदै आएको भएपनि प्रशासनको निर्देशन अवज्ञा गरेको भन्दै क्रसर उद्योगमा काम गर्ने कामदारहरुलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रशासनले जनाएको छ ।

नेपाल सरकारले २०७३ असार मसान्तसम्मको समय दिएर उद्योग विभाग अन्तरगतको मापदण्ड अनुसार ब्यवसाय संचालन गर्न दिइएको निर्देशन अवज्ञा गरिएको भन्दै जिल्ला प्रशासन कार्यलय धादिङले साउन १ गतेदेखि जिल्लाका २९ क्रसर उद्योग बन्द थियो ।

सरकारी मापदण्ड पुरा नगरि संचालन गर्न नपाइने भन्दै बन्द रहेको क्रसर गत असोज १ गतेदेखि प्रशासनको निर्देशन अवज्ञा गर्दे संचालमा आएको थियो । सञ्चालन भएकै दिन यस अघि प्रशासनले ४ जनालई पक्राउ गरेको थियो ।

About The Author

अन्य समाचारहरु: