Sat. Mar 15th, 2025

काश्मिर तनाव ः भारतीय सेनाको क्याम्पमा बिद्रोहीको आक्रमण

असोज २० – भारत प्रशासित जम्मु–काश्मिरको हन्दवाडामा रहेको सेनाको क्याम्पमा आक्रमण भएको छ । समाचार संस्था पिटिआईले प्रहरीलाई उद्धृत गर्दै सेनाको क्याम्पमा बिद्रोहीले आक्रमण गरेको बताएको छ ।
आक्रमणपछि गोली हानाहान भएको पिटिआईले जनाएको छ । बिद्रोहीले ३० राष्ट्रिय राइफल्सको क्याम्पमा बिहान पाँच बजे आक्रमण गरेका हुन ।

अहिले बिद्रोही विरुद्धको खोजी अभियान सुरु भएको छ ।
पछिल््लो समय काश्मिरको आर्मी क्याम्पमा भएको यो तेस्रो आक्रमण हो । काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबिच तनाव बढ्दै गएको छ ।

About The Author

अन्य समाचारहरु: