१९ असोज, धादिङ –
धादिङका भूकम्प पीडितको समस्या पहिचान गर्न सांसदहरुले छुट्टै अनुगमन टोली बनाएर अघि बढेको धादिङ क्षेत्र नं ३ का सांसद राजेन्द्रप्रसाद पाण्डेले बताएका छन् ।
पूर्जा नबनेको, गुठीको जग्गामा बसेकाहरुको समस्या हल गर्ने उनको भनाई छ । विभिन्न कारणले गर्दा भुकम्पको राहत लिन नपाएका, घर बनाउन सरकारले उपलब्ध गराउने अनुदान लिन नपाएका र घर बनाउन नपाएकाहरुको समस्या पहिचान गर्न थालिएको उनले बताए ।
सिडिओ कार्यलयमा बसेर धादिङ जिल्लाभरका सांसदहरुको अनुगमन टोलीले समस्याको संकलन गरी समाधान गर्ने नीति ल्याएको पाण्डेको भनाई छ ।