माओवादी केन्द्र निकट पत्रकारको संगठन प्रेस सेन्टर नेपालको अध्यक्ष महेश्वर दाहाललाई बनाइएको छ ।
प्रतिनिधिहरुको असन्तुष्टी रहँदा रहँदै १० वर्षपछि भएको महाधिवेशमा अध्यक्षमा धेरैको दावी रहेका बेला माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले महेश्वरलाई अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।
शुक्रबार नै घोषणा गरिएको ९९ सदस्यीय समितिका अरु सदस्यको नाम कार्य समितिको बैठक बसेर टुंगो लगाइने पे्रस सेन्टरले जनाएको छ ।