धादिङको नलाङ गाँउ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।
‘स्थानीय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता नलाङबासीको प्रतिबद्धता’ भन्ने नाराको साथ मंगलबार नलाङमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप गाविस घोषणा गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यलय धादिङ र नलाङ स्वास्थ्य चौकीको संयूक्त आयोजना कार्यक्रम गरिएको हो ।
नलाङ गाविसका गाविस सचिव सूर्यप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ क्षेत्र नं २ का माननीय सांसद गुरुप्रसाद बुर्लाकोटीको प्रमखु आतिथ्यता रहेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्ल, स्वास्थ्यकर्मी महिलाहरु, स्थानीयहरुको सहभागीता रहेको थियो ।
नलाङ गाविसलाई जिल्लाको १२ औँ पूर्ण खोप गाविसको रुपमा घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत शरद आचार्यले जानकारी दिए । यस अघि साविकको मुरलीभन्ज्याङ, मैदि र ढोला, सल्यानकोट र फूलखर्क लगायतका गाविसहरु पूर्ण खोप गाविस घोषणा भैसकेका छन् ।
१२ महिना देखि २३ महिना सम्मका सबै बालबालिका र एक बर्ष उमेर भएका बालबालिकाले पूर्ण खोप पाएको घोषण गरिएसँगै गाविसलाई पुर्ण खोप गाविस घोषण गरिएको हो ।